चट्याङ लागेर बैतडीमा तीन पशुचौपाया मरे, ४ घरमा क्षति
बैतडी । बैतडीमा चट्याङ लागेर एक भैंसी र दुई बाख्रा मरेका छन्। जिल्लाको पाटन नगरपालिका–१० का शंकर बिष्टको गोठमा रहेको भैंसी मरेको हो।
चट्याङका कारण उनको घरमा जडान गरिएको विद्युतको मिटरबक्समा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।
सोही ठाउँका गणेशदत्त अवस्थी र गोपाल बिष्टले पालेका एकरएक बाख्रा पनि चट्याङ लागेर मरेका छन्।
चट्याङका कारण पाटन–१० का जयबहादुर बिष्ट, नन्दराज अवस्थी र धनबहादुर बिष्टको घरमा जडान गरिएको विद्युत मिटर बक्सका साथै अन्य उपकरणमा पनि क्षति पुगेको बताइएको छ।
प्रतिक्रिया