धनगढीसहित सुदूरपश्चिममा हावाहुरी सहित बर्षा

  सोमबार २९, असोज २०८० १६:१९

धनगडी । धनगढीमा हावाहुरी सहित बर्षा भईरहेको छ । आज दिउँसो २ बजेबाट हावाहुरी सहित बर्षा भईरहेको हो ।

धनगढीसहित सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा पनि वर्षा भइरहेको छ । 

सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन तथा चटयाङ्गसहित हल्का वर्षाको सम्भावना छ । 

राती सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने जनाईएको छ ।

हिजो सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा परेको असिना पानीका कारण धान, मक्कै लगायत अन्नपातमा क्षति गरेको थियो ।

clock सोमबार २९, असोज २०८० १६:१९

प्रतिक्रिया