असिनापानीले सुदूरपश्चिमका पहाडी जिल्लामा बालीनालीमा क्षति

  सोमबार २९, असोज २०८० ११:२७

धनगढी । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा बेमौसमी असिना पानीले बालीनालीमा क्षति पुर्याएको छ । बैतडी, डोटी, डडेलधुरा, अछाम लगायतका जिल्लामा आइतबार राति परेको असिना पानीले धान, भटमास, कोदो र तरकारीमा क्षति पुर्याएको स्थानीयले बताएका छन् ।

बैतडीका पुरचौडी, डिलासैनी, दोगडाकेदार, सिगास गाउँपालिकामा पनि असिना पानीले क्षति पुर्याएको छ । दिउँसो घाम लागे पनि बेलुका असिना पानी परेको थियो । पानीले खरफागलाहरुमा काटेको खरमा समेत क्षति पुर्याएको छ ।

पशुचौपायाका लागि फागलाहरुमा काटेर सुकाइएको खर पनि भिजेर नष्ट हुँदा किसान चिन्तित बनेका छन् । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा हिउँदमा पशुचौपायालाई खुवाउन अहिले सबै खर फागलाको घाँस काटेर सुकाउने गरिन्छ ।

पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आज र भोलि दुई दिन वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

clock सोमबार २९, असोज २०८० ११:२७

प्रतिक्रिया