दशै नजिक काठमाडौं–धनगढी हवाई भाडा दोब्बर

  सोमबार २९, असोज २०८० ११:१८

धनगढी । दशै नजिक काठमाडौं–धनगढी हवाई  भाडा दोब्बरले बृद्धि गरिएको छ । केही महिना अघिको तुलनामा काठमाडौं धनगढी रुटको हवाई भाडा दोब्बरले एयरलाईन्स कम्पनीले दोब्बरले बृद्धि गरेको हो । 

काठमाडौं धनगढी रुटको बसको टीकट नपाएपछि काठमाडौंबाट दशैंका लागि सुदूरपश्चिम आउने सर्वसाधारण नागरिकले हवाई टीकट महंगो काट्न बाध्य भएका छन् । श्री एयर एयरलाईन्स कम्पनी, बुद्ध एयरकम्पनीले काठमाडौं धनगढी नियमित उडान भरि रहेको छ । 

बुद्ध एयरका अनुसार दशैंको घटस्थापनासम्मका लागि काठमाडौँदेखि धनगढीसम्म दशैंका लागि अधिकतम भाडादर १७ हजार एक सय ८६ रुपैयाँ रहेको छ।

उक्त गन्तव्यमा अहिले सहुलियत भाडादर ११ हजार रुपैयाँ छ। सहुलियत भाडादरको टिकट सकिएपछि अधिकतम भाडादर तिर्नु पर्दा मंहगो पर्न गएको एयरलाइन्स कम्पनीहरुको दाबी छ।

पुरानै मूल्यमा हवाई इन्धन पाए पनि एयरलाइन्सहरूले मनपरी रुपमा भाडा असुल्दै आएका हुन्। महंगो टीकट भएपछि सर्वसाधारणहरुले गुनासो पोख्दै गरेका छन् । सर्वसाधारण नागरिकले सम्बन्धित निकायले यसको नियमन गर्नु पर्ने बताउँदै आएका छन् । 

clock सोमबार २९, असोज २०८० ११:१८

प्रतिक्रिया