धनगढीमा राष्ट्रपतिको निर्णयलाई सम्मान गर्दै प्रदर्शन

५ असोज २०७९, बुधवार

धनगढी, ५ असाेज । राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा धनगढीमा प्रदर्शन गरिएको छ। राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले धनगढीको पार्कमोडमा बुधबार साँझ प्रदर्शन गरेका हुन्। 

राष्ट्रपति भण्डारीले नागरिता विधेयक पारित नगरेको भन्दै प्रदर्शन गरिएको हो। उनीहरुले राष्ट्रपतिको समर्थन तथा गठबन्धनको विरोध गरेका छन्। राष्ट्रपति भण्डारीको निर्णयलाई सम्मान गर्दै प्रदर्शन गरिएको उनीहरुले बताएका छन्।

उनिहरु राष्ट्रपति भण्डारीले नागरिता विधेयक पारित नगरेपछि मुख्यमन्त्रि कार्यालय अगाढी दिप प्रज्वलन समेत गरेका छन ।

 

Share This:
No News Were Available