प्रधानमन्त्री देउवाले सार्वजनिक गरे नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी

३१ भदौ २०७९, शुक्रवार

काठमाडौं, ३१ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सार्वजनिक गरेका छन्।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री देउवाले ट्रफी सार्वजनिक गरेका हुन्।

राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पहिलो पटक बनाइएको ट्रफीलाई सात वटै प्रदेशमा लगिनेछ।

शुक्रबार साँझ सुदूरपश्चिम लगिने ट्रफीलाई शनिबार धनगढी रंगशालामा सार्वजनिक गरिने कार्यतालिका छ।

ट्रफीलाई २३ असोजमा प्रतियोगिता स्थल गण्डकी प्रदेशको पोखरामा लगिनेछ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २८ असोजमा पोखरा रंगशालामामा उद्घाटन गरिनेछ।

Share This:
No News Were Available