बाजुरामा राजकुमार र दर्शन माथि सामूहिक कुटपिट

  सोमबार २५, भदौ २०८० १४:१३

बाजुरा । बाजुरामा दुई युवकमाथि सामूहिक कुटपिट भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका-६ नोबिस साइलका राजकुमार नाथ र अछामका दर्शन शाहमाथि कुटपिट भएको हो ।

खप्तड छेडेदह गाउँपालिकास्थित छेडेदह तालमा उनीहरुमाथि कुटपिट भएको बताइएको छ । उनीहरुलाई कुटपिट गर्ने समूहले खुकुरी, नक, काठले हानेको आफन्तले बताएका छन् । घाइते दुबै जनाको अहिले धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले कुटपिटको घटनालाई अभद्र व्यवहार भन्दै मुद्दा कमजोर बनाएको पनि आफन्तको आरोप छ । अहिलेसम्म कुटपिट गर्ने मान्छेहरु नसमातेको र कुटपिटको मुद्दालाई अभद्र व्यवहारमा मुद्दा दर्ता गरेकाले आफन्तले प्रहरीकै भूमिका पनि शंकास्पद रहेको बताएका छन् ।

यता, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी कबिन्द्रसिंह बोहराले भने अस्ति कृष्ण जन्माष्टमीको दिन झगडा भएको र सो घटनाका एक जनालाई नियन्त्रणमा लिएको बताए । 

अन्यलाई भने अझै पक्राउ गरिएको छैन । घाइतेहरुका अनुसार त्यो दिन पहिला सामान्य झगडा भएकोमा पछि १०र१२ जनाको समूहले बिना कारण कुटपिट गरेका थिए ।

clock सोमबार २५, भदौ २०८० १४:१३

प्रतिक्रिया