आत्महत्या रोकथामका लागि जनचेतनामूलक प्रभातफेरी

  आइतबार २४, भदौ २०८० १३:५८

अछाम । अछामको ईलाका प्रहरी कार्यालय कमलबजारले आत्महत्या रोकथामका लागि जनचेतनामूलक प्रभातफेरीको आयोजना गरेको छ । 

कमलबजार नगरपालिकाका मेयर, वडा अध्यक्षहरु र स्थानिय वासिन्दा विध्यार्थी संचारकर्मी एवम शिक्षक कर्मचारीहरुको उपस्थितिमा प्रभातफेरीको आयोजना गरेको हो । 

आत्महत्या रोकथामका लागि जनचेतनामूलक प्लेकार्ड सहित प्रभातफेरी र पर्चापम्पलेट वितरण गरेको ईलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख बिरेन्द्र जोहारीले बताए । 
 

clock आइतबार २४, भदौ २०८० १३:५८

प्रतिक्रिया