बैतडीका शिक्षक जयबहादुर बोहरा १९ दिन देखि सम्पर्क विहिन

  आइतबार २४, भदौ २०८० १२:४८

बैतडी । बैतडीका एक शिक्षक १९ दिन देखि सम्पर्क विहिन छन् । भदौं ५ गते विद्यालय जान हिँडेका जिल्लाको डिलाशैनी गाउँपालिका २ गोगनी घर भएका ५२ वर्षीय शिक्षक जयबहादुर बोहरा अझै  नभेटिका हुन् ।

उनी १९ दिन देखि सम्पर्क विहिन छन् । भदौं ५ गते विद्यालय जान हिँडेका शिक्षक बोहराको अझे सम्पर्कमा नआएका पारिवारि स्रोतले बताएको  छ ।  बेपत्ता शिक्षकको खोजीका लागि प्रहरी परिचालन गरिएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

स्थानीय लटीनाथ आधारभुत विद्यालय अमरखेतमा कार्यरत भदौं ५ गते विद्यालय हिँडेका बोहरा घर नफर्केका हुन्। शिक्षक बोहराले लगाएका चप्पल स्थानीय गन्नीगाडमा नजिकै फेला परेकाले खोला आसपास क्षेत्रमा समेत खोजि गर्दा शिक्षक फेला नपरेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको  छ ।  

clock आइतबार २४, भदौ २०८० १२:४८

प्रतिक्रिया