एशियन लाईफ डोटी शाखाद्धारा तीज विशेष कार्यक्रम

  आइतबार २४, भदौ २०८० १२:४४

धनगढी । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको डोटी शाखाले तिज विशेष कार्यक्रम मनाएको छ ।  हरितालिका तिजको अवसरलाई मध्यनजर गर्दै यस कम्पनीको डोटी शाखाले पनि उक्त कार्यक्रमको आयोजना गरी मनाएको हो ।

उक्त कार्यक्रममा महिलाहरुको महान चार्डको अवसरमा सबै कर्मचारी, अभिकर्ता लगायत सबै नेपाली महिलाहरुलाई  शाखा प्रबन्धक नवराज पण्डितले अग्रिम शुभकामना प्रदान गरेका छन् ।

पछिल्लो समय महिला वर्गलाई आर्कषण गरेको तिजले संजालमा सबै बर्ग जातजाति र उमेर समुहलाई तानेको छ । तिज मनाउन हुरुक्क हुँदै  रेष्टुरा, होटल र पार्टी प्यालेसमा भेला भई दरसँगै रमाईलो गर्नमा महिलाको मोह गडेको छ । यसै कारण पनि पछिल्लो समय बैंक तथा बीमा कम्पनीहरुले पनि तिज कार्यक्रमलाई प्राथमिकतामा राखेर तिज मनाउँदै आइरहेका छन् ।

clock आइतबार २४, भदौ २०८० १२:४४

प्रतिक्रिया