कन्चनपुरकाे बेलाैरीबाट लागुऔषध सहित हमाल पक्राउ

  शनिबार २३, भदौ २०८० २१:५२

धनगढी । कन्चनपुरकाे बेलाैरीबाट लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । 

जिल्लाकाे बेलाैरी नगरपालिका वडा नम्बर १० बस्ने कृष्ण हमालकाे छाेरा २६ बर्षिय हिक्मत हमाललाई प्रहरीले पक्राउ गरेकाे हाे ।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट प्रहरी नायव निरिक्षक प्रकाश कडायतकाे कमाण्डमा रहेकाे सादा पोशाक टोलीले उनलाई ४७ ग्राम ७५ मिलिग्राम लागूऔषध सहित पक्राउ गरेकाे हाे  ।

उनलाई भारतबाट नेपाल आउदै गर्दा नगरपालिकाकाे वडा नम्वर ९ स्थित कलकत्ताबाट पक्राउ गरेकाे र थप अनुसन्धान भईरहेकाे प्रहरी जनाएकाे छ । 

 

clock शनिबार २३, भदौ २०८० २१:५२

प्रतिक्रिया