नेपाल टी–२० लिगको मिति सर्‍यो

३० भदौ २०७९, बिहिवार

काठमाडौं, ३० भदौ । नेपाल क्रिकेट सङ्घ क्यानले आयोजना गर्ने नेपाल टी–२० लिगको मिति सरेको छ। प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको कारण मङ्सिर ४ गतेअघि लिग सञ्चालन हुने भएको हो।

लिगमा खेल्ने खेलाडी तथा मैदानको सुरक्षाको लागि गृह मन्त्रालयलाई क्यानले पत्राचार गरेको थियो। तर गृह मन्त्रालयले प्रतिनिधि सभा र प्रदेश सभा चुनावपछि मात्रै प्रतियोगिता सञ्चालन गर्न भनेको छ।

यसअघि असोज ८ देखि कात्तिक ५ गतेसम्म प्रतियोगिता आयोजना हुने तालिका रहेकामा अब मंसिरसम्म सरेको हो। प्रतियोगितामा ६ वटा टोली सहभागी छन्। केही टोलीले विदेशी खेलाडी समेत अनुबन्ध गरिसकेका छन्।

Share This:
No News Were Available