धनगढीमा पक्राउ परे कञ्चनपुरका अटो चालक

  शुक्रबार १९, साउन २०८० ०८:०३

धनगढी । कैलालीको धनगढीमा अटो चलाउने कञ्चनपुरका एक व्यक्ति अवैध काठसहित पक्राउ परेका छन्।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाटका १९ वर्षीय सुरेश मल्ल से १ स ३६६० नम्बरको आफ्नो अटोमा काठ बोकेर जाँदै गर्दा बिहीबार पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।

मल्ललाई प्रहरीले धनगढी उपमहानगरपालिका–३ क्रेशर ग्राउण्डबाट पाँच फिट लम्बाईका १९ थान सालको कडीसहित पक्राउ गरिएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीको गस्ती टोलीले वरामद काठ, अटो र चालकलाई कारबाहीका लागि जिल्ला वन कार्यालय कैलालीमा बुझाएको छ।

clock शुक्रबार १९, साउन २०८० ०८:०३

प्रतिक्रिया