सशस्त्र प्रहरी द्धारा धनगढीबाट ४८ लाख बढीको मोवाइल पार्टस बरामद

  शनिबार ०७, भदौ २०८२ ०७:३६

धनगढी । सशस्त्र प्रहरी बल, नेपाल नं. ३४ गण हे. क्वा. कैलालीले  ४८ लाख रुपैयाँ बढीका अबैध मोवाइलका पार्टस र बोक्न प्रयोग भएका ४ वटा मोटरसाइकल बरामद गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका बहुलीया घाटबाट भारतबाट अबैध रुपमा भन्सार छली नेपाल भित्र्याई रहेको अवस्थामा मोवाइलका पार्टस र बोक्न प्रयोग भएका ४ वटा मोटरसाइकल बरामद गरेको हो ।

स.प्र. बल नेपाल वि. ओ. पी. लल्लीपुरबाट खटिएको टोलीले अबैध रुपमा भन्सार छली गरी नेपाल त्रित्रिदै गरेको अबस्थामा ४८ लाख १२ हजार बरावरको ८ पोका मोवाइलका पार्टस र उक्त सामान बोक्न प्रयोग गरिएका मोटरसाइकल पक्राउ गरेको छ ।

नियन्त्रणमा लिएका ८ पोका मोवाइलका पार्टस र उक्त सामान बोक्न प्रयोग गरिएका मोटरसाइकल आवश्यक कारवाहीको लागि कैलाली भन्सार कार्यालय धनगढीमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

clock शनिबार ०७, भदौ २०८२ ०७:३६

प्रतिक्रिया