जवरजस्ती करणी मुद्दामा फरार बेलौरीका एक जना १७ वर्षपछि पक्राउ

  बिहिबार ०५, भदौ २०८२ ०८:२६

कञ्चनपुर । जवरजस्ती करणी मुद्दामा फरार कञ्चनपुरको बेलौरीका एक जना  १७ वर्षपछि पक्राउ परेका छन्।

सर्वोच्च अदालत काठमाण्डौ मिति २०६५ जेठ २१ गतेको फैसलाले जवरजस्ती करणी मुद्दामा ६ वर्ष कैद सजाय तोकिएपछि फरार रहेका कञ्चनपुरको बेलौरी नगरपालिका ३ खिरिया बस्ने  ६० वर्षीय कृष्ण राज गिरीलाई प्रहरीले पक्राउ गरेको हो। 

गिरीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

clock बिहिबार ०५, भदौ २०८२ ०८:२६

प्रतिक्रिया