धनगढीको फुलबारीमा गाई गोठमा आगलागी, डेढ लाखको क्षति

  बिहिबार ०५, भदौ २०८२ ०८:०२

धनगढी । धनगढीमा गाईगोठमा आगलागी भएको छ ।

बुधबार राति साढे ८ बजेतिर धनगढी उपमहानगरपालिका १४ फुलबारी बस्ने सर्वानन्द चौलागाईको काठ र टिनले बनेको कच्ची गाई गोठमा आगलागी भएको हो ।

मच्छर धपाउन बालेको आगोबाट आगलागी हुँदा अन्दाजी एक लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । मानवीय तथा चौपाय क्षति भने भएको छैन ।

clock बिहिबार ०५, भदौ २०८२ ०८:०२

प्रतिक्रिया