च्यातियो धनगढी विमानस्थलको राष्ट्रिय झण्डा
धनगढी । राष्ट्रिय झण्डाले देशको पहिचान झल्काउँछ। देशको सरकार र नागरिकले आफ्नो राष्ट्रिय झण्डाको गौरव बढाउन चेष्ठा राखेका हुन्छन्। तर धनगढी विमानस्थलको टुप्पोमा फहराइरहेको नेपाली झण्डा हेर्दा लाग्छ झण्डाको गौरव लिखितम र वकितममा मात्रै सिमित छ। झण्डाको मर्यादा र गरिमा व्यवहारमा पालना भएको छैन।
दैनिक सयौँको आँखा पर्ने धनगढी विमानस्थलमै राष्ट्रिय झण्डाको अपमान हुँदा सरोकारवालाको ध्यान पुगेको छैन। च्यातिएको झण्डाले राष्ट्रिय झण्डा प्रयोगसम्बन्धी कार्यविधिको धज्जी उडाएको छ।
राष्ट्रिय झण्डा प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन सरकारले बनाएको कार्यविधिमा झण्डा च्यातिएमा, बिग्रेमा, रंग उडेमा वा अन्य कारणले अशोभनीय देखिएमा झण्डा फेर्नुपर्ने उल्लेख छ।
शीर्ष नेतादेखि उच्चपदस्थ कर्मचारीहरु दैनिक ओहोरदोहोर गर्ने धनगढी बिमानस्थलमै राष्ट्रिय झण्डाको दुर्दशा छ।
सिम्रिक रंगको पृष्ठभूमि र गाढा निलो रंगको किनारा हुनपर्ने राष्ट्रिय झण्डाको रंग उडेर बेहाल छ। कार्यविधिअनुसार रंग उडेको झण्डा प्रयोग बर्जित छ।
धनगढी बिमानस्थलका प्रमुख बालकुमार सिह आफु केहिदीन अघि मात्रै कार्यालयमा हाजिर भएको र झण्डा परीबर्तका लागि भनिसकेो बताउ । उनले झण्डाको साईन धनगढीमा नमिलेको र काठमाडौँबाट मगाएको बताए । उनका अनुसार झण्डा आउने बित्तिकै परीबर्तन हुने छ ।
प्रतिक्रिया