कैलाली हस्पिटल द्धारा नवनियुक्त सदस्यसचिव खड्का र क्याम्पस प्रमुख डा. बिष्टलाई स्वागत
धनगढी । कैलाली हस्पिटलले नवनियुक्त सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोक बहादुर खडका (रवि) र कैलाली बहुमुखी क्याम्पसका प्रमुख डा. लोक बहादुर बिष्टलाई स्वागत तथा बधाई दिएको छ ।
धनगढी उपमहानगरपालिका– १ पशुपति टोलमा रहेको कैलाली हस्पिटल प्रालीका अध्यक्ष जनकराज पन्तले अस्पतालमै बोलाएर सदस्य सचिव खड्का र क्याम्पस प्रमुख विष्टलाई बधाइ तथा कार्यकालको शुभकामना दिएका हुन ।
खेलकुद परिषद्को सदस्य सचिवमा दीपकबहादुर सिंहको कार्यकाल चैत ९ सकिएपनि झण्डै तीन महिनापछि सामाजिक विकास मन्त्रालयले जेठ २९ गते सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा लोकबहादुर खड्का (रवि) नियुक्त भएका थिए ।
उमेरहदका कारण क्याम्पस प्रमुख तोयराज भट्ट सेवा निवृत भएपछि २०५३ सालदेखि कैलाली बहुमुखी क्याम्पसमा अध्यापनरत डा. विष्टलाई सुदूरपश्चिम विश्वविद्यालयको डिन कार्यालयले क्याम्पस प्रमुखमा नियुक्त गरेको थियो ।
प्रतिक्रिया