डडेल्धुरामा सुनचाँदी पसलभित्र लागुऔषध सेवन गरिरहेका दुई युवक पक्राउ

  मङ्गलबार ०३, भदौ २०८२ ११:३०

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारस्थित एक सुनचाँदी पसलबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार सोमबार साँझ करिब ८ बजे गोप्य सूचनाको आधारमा गरिएको चेकजाँचका क्रममा भैरव नवदुर्गा सुनचाँदी पसलभित्र लागुऔषध सेवन भइरहेको अवस्थामा दुई युवकलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा नवदुर्गा गाउँपालिका–१ बस्ने २४ वर्षीय सागर सिँजापति र सोही स्थानका २१ वर्षीय डार्बिन रावल रहेका छन्। उनीहरूको साथबाट करिब ९० मिलीग्राम खैरो हेरोइनजस्तो देखिने लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । 

उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

clock मङ्गलबार ०३, भदौ २०८२ ११:३०

प्रतिक्रिया