सशस्त्र प्रहरी द्धारा कैलारीबाट ५ लाख बढीको अबैध चल्ला सहित २ जना पक्राउ
धनगढी । सशस्त्र प्रहरी बल, नेपाल नं. ३४ गण हे. क्वा. कैलालीले ५ लाख रुपैयाँ बढीको अबैध कुखुराका चल्ला सहित २ जनालाई पक्राउ गरेको छ । कैलालीको कैलारी गाउँपालिका मोहनपुर सीमा ईलाकामा भारतबाट अबैध रुपमा भन्सार छली नेपाल भित्र्याई रहेको अवस्थामा चल्ला सहित २ जनालाई पक्राउ गरेको हो ।
स.प्र.बल नेपाल नं. ३४ गण हे.क्वा. कैलालीबाट खटिएको ८ जनाको टोलीले बिशेष सुचनाको आधारमा ५ लाख ४ हजार १ सय ८० बरावरको कुखुराको चल्ला, केवल वायर र उक्त सामान बोक्न प्रयोग गरिएका मोटरसाइकल सहित ३ जनालाई पक्राउ गरेको छ ।
नियन्त्रणमा लिएका २० कार्टुन (१२०० वटा) कुखुराका चल्लाहरुलाई पशु क्वारेन्टाईन कार्यालय कैलाली, कुखुरा तथा अण्डा उत्पादक किसान संघ कैलाली, कैलाली भन्सार कार्यालय धनगढीकाप्रतिनिधिहरु सहितको रहोवरमा नष्ट गरेको सशस्त्र प्रहरीलृ जनाएको छ ।
पक्राउ पर्नेमा कैलालीको कैलारी गाउपालिका – ३ मोहनपुर बस्ने ३२ बर्षिय दिपकराम चौधरी, २७ बर्षिय सन्चीराम चौधरी र २० बर्षिय सुवास चौधरी रहेका छन् । पक्राउ परेका व्यक्ति सहित केवल वायर र मोटरसाईकललाई आवश्यक कारवाहीको लागि कैलाली भन्सार कार्यालय धनगढीमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिक्रिया