कैलालीको घोडाघोडीमा बच्चासहित महिला मृत फेला
धनगढी । कैलालीको घोडाघोडी नगरपालिका –७ का २२ वर्षीया आरती डंगौरा चौधरी १० महिनाको बच्चासहित रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।
हरिनगरस्थित गौरीशङ्कर सामुदायिक वनमा आमाबच्चा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए ।
घटनाबारेमा अनुसन्धान भइरहेको जनाइएको छ । स्थानीयका अनुसार महिला केही दिनदेखि बेपत्ता थिइन् ।
प्रतिक्रिया