कैलालीमा हाजिर भए सिडिओ लम्साल

  शुक्रबार ३०, साउन २०८२ १४:०३

धनगढी । कैलालीको प्रमुख जिल्ला अधिकारी (सिडिओ) का रुपमा कृष्णप्रसाद लम्साल हाजिर भएका छन् । 

यसअघि दाङका प्रमुख जिल्ला अधिकारी रहेका उनको गृह मन्त्रालयले बुधबार कैलाली सरुवा गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले भने, ‘नयाँ प्रमुख जिल्ला अधिकारी आजदेखि कार्यालयमा हाजिर हुनुभएको छ ।’ 

यसअघि कैलालीका प्रमुख जिल्ला अधिकारी रहेका गोगनबहादुर हमाल गृह तानिएपछि लम्सालको कैलाली सरुवा भएको हो । 

कैलाली कारागारमा हिंसात्मक घटना भएपछि हमाललाई गृह तानिएको बताइएको छ । 

clock शुक्रबार ३०, साउन २०८२ १४:०३

प्रतिक्रिया