अन्तराष्ट्रीय युवा दिवसमा रक्तदान, ७५ युनिट रगत संकलन

  शुक्रबार ३०, साउन २०८२ ०७:४१

कैलाली । धनगढीमा आज अन्तराष्ट्रीय युवा दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेका छन ।

प्रदेश युवा परिषद सुदुरपश्चिमले अन्तराष्ट्रीय युवा दिवसको अवसर पारेर आयोजनामा गरेको रक्तदान कार्यक्रममा ७५ युनिट रगत संकलन भएको हो ।

सामाजिक बिकास मन्त्रालयका प्रदेश सचिव डाक्टर हेमराज रेग्मीको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । रक्तदान कार्यक्रमको शुरुवात गर्दै सचिव रेग्मिले रगतको बिकल्प रगत मात्रै भएकोले यसको निकै महत्व रहेको बताए । 

उनले प्रदेश सरकारले स्वस्थ नागरिक प्रदेश अभियान संचालनमा ल्याएको बताउदै सरकारको पहिलो प्राथमिकता भनेकै नागरिक स्वस्थ बनाउनु रहेको बताए ।

प्रदेश युवा परिषदका कार्याकरी उपाध्यक्ष गजेन्द्र साउदको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा सुदुरपश्चिमका सर्वाधिक सतक रक्तदात एबम रक्तदान सदभावना दुत दीपक उपाध्याय बिशिष्ठ अतिथि रहेका थिए ।

clock शुक्रबार ३०, साउन २०८२ ०७:४१

प्रतिक्रिया