अनेरास्ववियु द्धारा  इजरायलमा मारीएका बिद्यार्थिको सम्झनामा अखिल र अनुसन्धान कार्यक्रमको आयोजना

  शुक्रबार ३०, साउन २०८२ ०७:२५

धनगढी । इजरायल घटनामा मारीएका १० जना बिद्यार्थिहरूको स्मृतिमा टीकापुरमा अखिल र अनुसन्धान कार्यक्रमको सुरु गरीएको छ । अनेरास्ववियु सुदूरपश्चिम बिश्वबिद्यालय, कृर्षि बिज्ञान संकाय टीकापुरको आयोजनामा अखिल र अनुसन्धान कार्यक्रमको सुरुवात गरीएको हो । 

स्ववियुको निर्वाचनका बेला गरेको प्रतिबद्धताअनुसार इजरायल घटनाका १० जना सहिदहरूको स्मृतिमा प्रत्येकको नाममा एउटा–एउटा कार्यक्रम सञ्चालन गर्ने योजना अनुसार कार्यक्रमको सुरुवात गरीएको अनेरास्ववियुले जनाएको छ । 

अनेरास्ववियुले पहिलो कार्यक्रम एकीकृत अनेरास्ववियुका सचिव स्व. गणेश नेपालीको स्मृतिमा ‘अखिल र अनुसन्धान – भाग १’ नामक कार्यक्रमको सुरुवात गरेका हुन । उनले अनुसन्धानका क्षेत्रमा उत्कृष्ट योगदान गरेका थिए ।

अनेरास्ववियु द्वारा इजरायलमा मारिएका १० जना विद्यार्थीहरुको स्मृतिमा एउटा एउटा कार्यक्रम संचालन गर्ने योजना रहेको अनेरास्ववियुका नेता पुर्ब क्याम्पस कमिटी अध्यक्ष  हेमराज जोशीले जानकारी दिए ।

अनेरास्ववियु सुदूरपश्चिम बिश्वबिद्यालय, कृर्षि बिज्ञान संकाय टीकापुरका एक नेताले भने  सुदूरपश्चिम विश्वविद्यालयले टिकापुर आसपासका कृषकहरूमा पारेको प्रभावको विषयमा अनुसन्धान कार्य प्रारम्भ गरेका छौं। छिट्टै यस अनुसन्धानलाई सार्थक नतिजासहित सम्पन्न गर्ने हाम्रो लक्ष्य रहेको छ।

clock शुक्रबार ३०, साउन २०८२ ०७:२५

प्रतिक्रिया