बाढीले पुल र सडक बगाउँदा दार्चुलाका टिङ्कर र छाङरुको सम्पर्क टुट्यो

  बिहिबार २९, साउन २०८२ ११:३८
टिङ्कर खोलामा आएको बाढी ।

दार्चुला । अविरल वर्षाका कारण व्यास गाउँपालिका–१ टिङ्कर खोलामा बुधबार राती आएको बाढीले काठे पुल र सडक बगाउँदा नेपालको अन्तिम गाउँ टिङ्कर र छाङरु गाउँसँगको सम्पर्क टुटेको छ ।

बुधबार राती करीब ८ बजेतिर आएको बाढीले छाङरु र टिङ्करका तीन वटा काठे पुल र सडक बगाएको स्थानीय जनकसिंह धामीले जानकारी दिए । खोलामा आएको बाढीको त्रासले छाङरुस्थित गागामा रहेको सशस्त्र प्रहरी बलको गुल्म, नेपाली सेना र स्थानीयले सुत्न समेत नपाएको उनले बताए । 

छाङरुको गागामा रहेको काठेपुल, अपिनाम्पा संरक्षण क्षेत्रको रेञ्जपोस्ट जाने नाम्पा खोलामा रहेको काठेपुल र छाङरुबाट टिङ्कर जाने काठेपुल बगाएको सशस्त्र प्रहरी बल नेपाल ५० नम्बर गुल्म छाङरुका सूचना अधिकारी लालबहादुर नेगीले जानकारी दिए ।

बाढीका कारण अहिलेसम्म कुनै मानवीय क्षति नभएको उनले बताए । काठेपुल बगाउँदा छाङ्रुबाट टिङ्कर गाउँ जान नसकिएको बताए  । टिङ्कर गाउँमा फोन सम्पर्क समेत हुन् नसक्दा बाढीले गरेको क्षतिको विवरण समेत जानकारीमा नआएको उनले बताए । दार्चुलामा बुधबार दिउँसो देखी लगातार वर्षा भइरहेको छ ।

clock बिहिबार २९, साउन २०८२ ११:३८

प्रतिक्रिया