कैलाली कारागारका तीन कैदीलाई कञ्चनपुर सरुवा

  बिहिबार २९, साउन २०८२ ०८:४६

धनगढी । कैलाली कारागारभित्र हिंसात्मक झडपमा परी घाइते भएका २७ जना कैदीबन्दीलाई अस्पतालले डिस्चार्ज गरेको छ । सेती प्रादेशिक अस्पतालले उपचार पश्चात उनीहरुलाई डिस्चार्ज गरेको हो ।

अस्पतालले डिस्चार्ज गरे पनि उनीहरुलाई अस्पतालमै राखेको कारागारका जेलर जालन्धर भुसालले जानकारी दिनुभयो । “डिस्चार्ज भएका कैदीलाई पुनः कैलाली कारागारमा लगिएमा माहोल फेरि अशान्त बन्न सक्छ । त्यसैले उनीहरुलाई अस्पतालमै राखेका छौं” उहाँले भन्नुभयो । 

डिस्चार्ज भएकामध्येबाट तीन जनालाई भने कञ्चनपुर कारागारमा स्थानान्तरण गरिएको छ । बाँकी अरु कैदीलाई पनि अन्यत्र स्थानान्तरणका लागि गृहकार्य भइरहेको छ । त्यसका लागि कारागार विभाग र कैदीका आफन्तसँग छलफल भइरहेको जनाइएको छ । 

शुक्रबार मध्यराति भएको हिंसात्मक झडपमा परी ४८ जना कैदी घाइते भएका थिए । जसमध्ये उपचारको क्रममा भरत चौधरीको ज्यान गएको थियो । घाइतेमध्ये गम्भीर अवस्थाको तीन जनालाई थप उपचारका लागि काठमाडौंं लगिएको छ । 

clock बिहिबार २९, साउन २०८२ ०८:४६

प्रतिक्रिया