कारागारमै कैदी मृत्यु प्रकरण : कैलालीका सीडीओ हमाल गृह तानिए
धनगढी । कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाल गृह मन्त्रालय तानिएका छन् । कैलाली कारागारमा भएको यही साउन २३ गते शुक्रबार राति एक जनाको मृत्यु हुनेगरी भएको झडपको घटनामा सीडीओ हमाललाई गृह मन्त्रालय तानिएको हो ।
गृह मन्त्रालय स्रोतका अनुसार, उनलाई बुधबार गृह तानिएको हो । त्यस्तै कैलालीमा भने दाङका सीडीओ कृष्ण प्रसाद लम्साललाई पठाइएको छ ।
कैलाली कारागारमा कैदीबन्दीको आक्रमणमा परेर लागुऔषध मुद्दामा कैद भुक्तान गरिररहेका भरत चौधरीको मृत्यु भएको थियो भने ४८ जना कैदीबन्दी घाइते भएका थिए । कैदीबन्दी आक्रामक बन्दा दुई दिनसम्म अवस्था तनावपूर्ण बनेको थियो । मानव अधिकार आयोगको टोलीले पनि कारागार निरीक्षण गरेको थियो ।
उक्त घटनामा चौधरीमाथि आक्रमण गरेर हत्या गर्ने कैदीबन्दीको पहिचान गरेर कारबाहीको दायरामा ल्याउन माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उनको परिवारले जाहेरी पनि दिएको छ ।
प्रतिक्रिया