महाकाली नदि किनारमा एक पुरुष मृत फेला

  बुधबार २८, साउन २०८२ ०८:४५

कञ्चनपुर । कञ्चनपुरको महाकाली नदि किनारमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको दोधारा चाँदनी नगरपालिका–९ दारा ताल स्थित महाकाली नदिको किनारमा बुधवार नाम थर वतन नखुलेको अन्दाजी ३५/३६ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको  प्रहरीले जनाएको छ।

clock बुधबार २८, साउन २०८२ ०८:४५

प्रतिक्रिया