दार्चुलामा चितुवाको छालासहित एक जना पक्राउ
दार्चुला । दार्चुलामा चितुवाको छाला सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको शैल्यशिखर नगरपालिका वडा –३ कर्कले बाट चितुवाको छाला सहित एक जना पुरुष लाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बैतडी जिल्ला पुचौर्डी नगरपालिका वडा ७ का ५० वर्षिय भान सिह ऐर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी प्रकाश दाहालले जानकारी दिए।
प्रहरी नायब उपरीक्षक दाहालका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चितुवाको छाला सहित उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका ऐर माथि थप अनुसन्धान भइरहेको बताइएको छ ।
पक्राउ परेका ऐरीलाई चितुवाको छाला कहाँबाट ल्याएको ,यसमा अन्य सलग्न रहेका ब्याक्ती कोई छन कि भन्ने विषयमा समेत खोजबिन भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया