सशस्त्र प्रहरी द्धारा धनगढीबाट २५ लाख बढीको अबैध कपडा बरामद
ध्नगढी । सशस्त्र प्रहरी बल, नेपाल नं. ३४ गण हे. क्वा. कैलालीले २५ लाख रुपैयाँ बढीको अवैध बेवारिसे कपडा बरामद गरेको छ ।
धनगढी उप–महानगरपालिका स्थित खेदाघाट भन्ने स्थानमा गोठ जस्तो छाप्रोबाट सशस्त्र प्रहरीले अवैध बेवारिसे कपडा बरामद गरेको हो ।
सशस्त्र प्रहर िबल नेपाल नं. ३४ गण ह.क्वा. कैलालीबाट स.प.उ. सुरेन्द्र राज रञ्जितको कमाण्डमा खटिगएको ३१ जनाको टोलीले बेवारिसे कपडा बरामद गरेको हो ।
टोलीले गोठ जस्तो छाप्रोमा लुकाएर राखेको अबस्थामा लेडिज सुट, साडी, कुर्ता सुरुवाल, थानको कपडा र बच्चाको कपडा गरी २४ गाठ कपडा बरामद गरेको हो ।
बरामद गरेको कपडा आवश्यक कारवाहीको लागि कैलाली भन्सार कार्यालय धनगढीमा बुझाएको सशस्त्र प्रहरी बल, नेपाल नं. ३४ गण हे. क्वा. कैलालीले जनाएको छ ।
प्रतिक्रिया