दार्चुलामा स्यालको आक्रमणबाट चार जना घाइते
दार्चुला । जिल्लाको ब्यास गाउपालिका–६ मा जंगली स्यालको टोकाईबाट चार जना स्थानीय घाइते भएका छन् ।
आइतबार दिउँसो घरनजिकैको बनमा घास काट्ने क्रममा स्यालले आक्रमण गरी तीन जनालाई घाइते बनाएको स्थानीयले बताएका छन् ।
ब्यास गाउँपालिकाका उपाध्यक्ष विनोद कुँवरका अनुसार स्यालको आक्रमणबाट ब्यास–६ बसेडीका ७० वर्षीय गणेश दत्त भट्ट, ५१ वर्षीया धौली भट्ट र खातीगाउँका ७५ वर्षीया च्याउली देवी भण्डारी घाइते भएका छन् ।
त्यस्तै चार दिन अगाडी जयबहादुर बमलाई स्यालले आक्रमण गरी घाइते बनाएको स्थानीय खातीले बताए ।
आइतबार घाइते भएका स्थानीयलाई ब्यास–६ खातीगाउमा रहेको ग्रामीण स्वास्थ ईकाइ केन्द्रमा प्राथमिक उपचारपछि जिल्ला अस्पताल खलंगा ल्याएको र त्यहाँबाट पनि थप उपचारका लागि धनगढी रिफर गरिएको स्थानीय रमेश भट्टले बताए ।
प्रतिक्रिया