महाकाली नदीमा बगेर बेपत्ता भएका दुई बालिका अझै भेटिएनन्
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–११, भुजेलास्थित महाकाली नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका दुई बालिकाको अझैसम्म पत्तो लाग्न सकेको छैन ।
आइतबार नदीमा नुहाउने क्रममा बेपत्ता भएका ७ वर्षीय सान्वी पन्त र ६ वर्षीय जीविका पन्त को खोजी कार्य आज पनि जारी रहेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार, बालिका डुबेको खबर पाएलगत्तै आइतबार साँझदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको टोलीले खोजी कार्य सुरु गरेको थियो ।
नदीमा पानीको बहाव बढी भएकाले खोजतलासको काममा कठिनाइ भइरहेको छ ।
प्रतिक्रिया