कैदीबन्दीको नियन्त्रणमा रहेको कारागारमा मानवअधिकार सहित सुरक्षाकर्मी प्रबेश
धनगढी । कैदीबन्दीले नियन्त्रणमा रहेको कैलाली जिल्ला कारागारमा मानव अधिकार सहित सुरक्षाकर्मीको प्रवेश गरेको छ ।
कारागारमा रहेको ब्लक ए र बि मा रहेका कैदीबन्दी बीचको झडपका कारण शनिबारदेखि तनावग्रस्त रहेको कारागारमा मानवअधिकार सहित सुरक्षाकर्मीको टोली प्रबेश गरेको हो ।
मानव अधिकार प्रदेश कार्यालय, धनगढीका प्रमुख प्रकाशदत्त भट्टको रोहवरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली हतियारसहित कारगार भित्र प्रवेश गरेका हुन् ।
कैदीबन्दीहरूले भित्रबाट ताला लगाउँदै थुनुवा कक्ष पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएर कसैलाई प्रवेश गर्न दिएका थिएनन् । टोली कारागार प्रबेश गरेपछि कैदीबन्दीको संख्या यकिन गर्न गणना समेत थालिएको छ ।
शनिबार मात्रै कारागारको जिम्मेवारी सम्हालेका जेलर जालन्धर भुसालले प्रत्येक कैदीलाई बोलाएर संख्या गणना गर्न थालेका हुन् । \कारागार स्रोतका अनुसार, अहिले धमाधम कैदीबन्दीको संख्या यकिन गर्ने काम भइरहेको छ ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार, प्रत्येकको अनुहार हेर्दै जेलरको नेतृत्वमा कैदीबन्दीको गणना भइरहेको हो ।
कारागारमा हिंसात्मक झडप भएपछि शुक्रबार राति एक जनाको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका छन् । घाइते मध्य एक जनालाई थप उपचारका लागि काठमाडौँ लगिएको छ भने अर्का एक जनालाई काठमाडौँ पठाउने तयार िभइरहेको जोशीले जानकारी दीनु भयो ।
प्रतिक्रिया