कञ्चनपुरमा महाकाली नदीमा बगेर दुई बालिका बेपत्ता
कञ्चनपुर । कञ्चनपुरमा महाकाली नदीमा डुबेर दुई बालिका बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा भीमदत्त नगरपालिका- ११ कि अन्दाजी ७ वर्षीया सानवी पन्त र ८ वर्षीया जिविका पन्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले जानकारी दिए ।
उनकाअनुसार उनीहरू डेढ बजेतिर नदीमा नुहाउनेक्रममा बगेर बेपत्ता भएका हुन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा खोजिरहेको बेपत्ता बालिकाको खोजी भइरहेको छ ।
प्रतिक्रिया