कैलाली कारागार झडप : अर्का घाइतेलाई पनि काठमाडाैँ लगिदै

  आइतबार २५, साउन २०८२ १३:४६

धनगढी । कैलालीको धनगढी स्थित कारागारमा झडप हुँदा गम्भीर घाइते भएका अर्का एक जनालाई पनि काठमाडौँ लैजान लागिएको छ । शुक्रबार राति कैदी बन्दीबिच झडप हुँदा एक जनाको मृत्यु भएको थियो । ४७ जना घाइते भएका छन् ।

 

सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका कर्ण सलामी मगरलाई थप उपचारको लागी काठमाडौँ पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहले  बताए । उनले भने– ‘विमानमार्फत काठमाडौँ पठाउने तयारी गरिरहेका छौँ ।’

 

शनिबार एक जनालाई उपचारको लागि काठमाडौँ ल्याइएको थियो । गृहमन्त्री रमेश लेखकले शनिबार कैलाली घटनाबारे तिनवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका थिए । घटना छानबिन गर्न समिति गठन गरिएको छ । 

clock आइतबार २५, साउन २०८२ १३:४६

प्रतिक्रिया