कैलाली कारागार झडप : अत्तरीयाका आयुसलाई थप उपचारका लागि काठमाडौं पठाइयाे
धनगढी । कैलाली कारागारमा गएराति भएको झडपका क्रममा घाइते भएका एक जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
उक्त झडपका क्रममा गम्भीर घाइते भएका गोदावरी नगरपालिका–२ का आयुश भट्टलाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाइएको हो ।
हिजो राति एक जनाको मृत्यु हुनेगरी कारागारमा झडप भएको थियो । सो झडपको क्रममा ४७ जना घाइते भएका थिए ।
शनिबार दिउँसो पनि कारागाराको अवस्था असामान्य बनेको थियो । कारागारभित्र रहेका कैदीहरूले केहीबेर कारागार नै नियन्त्रणमा लिएका थिए भने अवस्था सामान्य बनाउन प्रहरीले हम्मे हम्मे भएको थियो ।
प्रतिक्रिया