कारागार भित्रको झडपमा घाइते भएका गोदावरीका आयुशलाई स्काई ट्रकबाट काठमाडौं लगिँदै
धनगढी । कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपमा घाइते गोदावरी नगरपालिका–२ का आयुश भट्टलाई काठमाडौं लगिने भएको छ ।
नेपाली सेनाको स्काई ट्रक मार्फत भट्टलाई थप उपचारका लागि काठमाडौं लगिने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए ।
स्काई ट्रक धनगढी विमानस्थल पुग्दैछ । गम्भीर अवस्थाका भट्टको सेती प्रादेशिक अस्पतालमा आईसीयुमा राखेर उपचार भइरहेको छ ।
अवस्था बिग्रँदै गएपछि उनलाई उपचारका लागि काठमाडौं लगिने भएको हो ।
कारागारमा कैदीबन्दीबीच शुक्रबार राति भएका झडपका धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका छन ।
प्रतिक्रिया