बडीमालिका दर्शन गरेर फर्किने क्रममा २ जनाको मृत्यु

  शनिबार २४, साउन २०८२ ०७:५०

बाजुरा । बडीमालिका दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा दुई जनाको तीर्थयात्रीको भीरबाट लडेर मृत्यु भएको छ। 

मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका–५ काठमाडौँ बस्ने ५२ वर्षीय विप्लव ओझा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिए। हवारीका अनुसार बडीमालिका दर्शन गरेर बिहीबार साँझ ७ बजे नाटेश्वरी आउने क्रममा विस्नेपानी नजिकै भीरबाट लडेका ओझा खोल्सामा मृत भेटिएका हुन्। 

राति अबेर घटना घटेकाले खोल्सामा अड्किएको शव झिक्न नसकिएको प्रनाउ हवारीले बताए। लगातार वर्षा भइरहेकाले शवलाई खोलाबाट माथि ल्याउन समस्या भएको छ। उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर ल्याउने तयारी गरिएपनि मौसम खराबीका कारण सम्भव नभएको प्रहरीले जनाएको छ।

यस्तै बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–४ का ७५ वर्षीय डिल्लीराज घोडासैनी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब  उपरीक्षक इकवाल हवारीले जानकारी दिए। उनका अनुसार भिरबाट लडेर घाइते भएका उनको साँझ मृत्यु भएको हो।

सोही ठाउँमा बिहीवार राति पनि काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ का ५२ वर्षीय विप्लव ओझाको सात सय मिटर तर खोँचमा खसेर मृत्यु भएको थियो। ओझाको शव निकाल्न जिल्लाबाट तालिमप्राप्त सुरक्षाकर्मीको टोली घटनास्थलमा पठाइएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताए। 

clock शनिबार २४, साउन २०८२ ०७:५०

प्रतिक्रिया