कञ्चनपुरको गड्डाचौकीबाट ५ लाख बढीको अवैध सामान बरामद

  मङ्गलबार २०, साउन २०८२ १५:४९

कञ्चनपुर । सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीको टोलीले ५ लाख रुपैयाँ बढीको अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी नायव उपरीक्षक जनक राज उपाध्यायको कमाण्डमा खटिएको सात जना सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीले भिमदत्त नगरपालिका–४ भासी हाईबे र वडा नं. १० भन्सार रोड क्षेत्रमा भारतबाट भन्सार छलेर ल्याइएका सामानहरू बेवारिसे अवस्थामा फेला पारेको हो।

बरामद गरिएका सामग्रीहरूमा मोलाईल पार्टस र किराना सामग्रीहरू रहेका छन्। उक्त सामग्रीको भन्सार मूल्य करिब ५,०७,३९०।– रहेको अनुमान गरिएको छ।

बरामद भएका सबै सामानहरू आवश्यक कारवाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा दाखिला गरिएको प्रहरी नायव उपरीक्षक उपाध्यायले बताए ।

सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी र गस्ती कार्य थप कडा बनाएको जनाएको छ।

clock मङ्गलबार २०, साउन २०८२ १५:४९

प्रतिक्रिया