भारतले धौलीगंगा बाँधको ढोका खोल्ने, महाकाली किनारका बासिलाई सतर्क रहन आग्रह

  मङ्गलबार २०, साउन २०८२ ०६:५०

धनगढी । भारतले नेपालको दार्चुलासँग जोडिएको धौलीगंगा जलविद्युत् परियोजनाको बाँधको ढोका खोल्ने भएको छ । बाँधको ढोका खोल्ने भएपछि महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । 

उत्तराखण्डमा रहेको उक्त जलविद्युत् परियोजना सिल्ट सफाइका लागि मंगलबार बाँधको ढोका खोल्ने भनी भारतीय पक्षले जानकारी गराएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । 

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले जारी गरेको सूचनामा साउन २० गते  बिहान ६ देखि २१ गते बिहान ६ बजेसम्म माटो, बालुवा लगायतका वस्तु जम्मा भएकाले सफाइ प्रयोजनका लागि ढोका खोलिने जानकारी प्राप्त भएको उल्लेख छ । 

उक्त समयमा महाकाली नदीमा जलस्तर बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई पूर्वसतर्कता अपनाउन आग्रह गरिएको उनले उल्लेख गरेका छन् । 

clock मङ्गलबार २०, साउन २०८२ ०६:५०

प्रतिक्रिया