धनगढीको उत्तरबेहडीमा खुल्यो भिजानेसन कन्सलटेन्सी, धनगढीबाटै जापान, अस्ट्रेलिया, युके उड्न पाइने

  सोमबार १९, साउन २०८२ १५:१४

धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीको उत्तरबेहडीमा भिजानेसन कन्सल्टेन्सी खुलेको छ । सुदूरपश्चिमका विद्यार्थीलाई लक्षित गर्दै  विदेश अध्ययनको सपना पूरा गर्न भिजानेसन सञ्चालनमा ल्याइएको हो ।

काठमाडौंमा प्रधान कार्यालय रहेको कन्सल्टेन्सी धनगढी उपमहानगरपालिका–४ को गन्तव्यको तल्लो तलामा सञ्चालनमा ल्याइएको छ । भिजा तथा शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको भिजा नेसनको सोमबार विशेष पूजा(आजा गरी औपचारिक शुभारम्भ गरिएको हो। 

उद्घाटनसँगै शाखाले जापान, अस्ट्रेलिया, युकेलगायतका देशहरूमा अध्ययन गर्न चाहने विद्यार्थीलाई सेवा दिन थालेको छ ।

धनगढी शाखा प्रमुख अन्जली केसीले विद्यार्थीलाई विदेश अध्ययनको प्रक्रिया सहज बनाउन धनगढीमै सेवा सुरु गरेको बताईन् । उनले अब काठमाडौं जानुपर्ने झन्झट हट्ने बताएईन् । उनका अनुसार शाखाले शैक्षिक परामर्श, कलेज छनोट, आवेदन प्रक्रिया, भाषा तयारीदेखि अन्तर्वार्ता तालिमसम्मका सेवा उपलब्ध गराउनेछ।

कन्सल्टेन्सीका सञ्चालक पंकज पन्थीले धनगढीमा शाखा विस्तार गरेसँगै विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीले बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको बताए  ।

उनले दक्ष प्रशिक्षकबाट भाषा अध्यापन गराउने व्यवस्था रहेको बताए । उनले सुदूरपश्चिमका विद्यार्थीलाई लक्षित गर्दै धनगढीमा शाखा विस्तार गरिएको बताउँदै यहाँका विद्यार्थीको विदेशमा अध्ययन गर्ने सपना पूरा गर्न साथ दिने बताए ।

clock सोमबार १९, साउन २०८२ १५:१४

प्रतिक्रिया