नेपाल–भारत सीमा क्षेत्रबाट ७८ लाखसहित एक जना पक्राउ

  सोमबार १९, साउन २०८२ ११:००

कञ्चनपुर । नेपाल–भारत सीमा नाकाबाट ७८ लाख नेपाली रुपैयाँ सहित एक जना पक्राउ परेका छन्। कञ्चनपुरसँग सीमा जोडिएको भारतीय भूमिबाट एक जना पक्राउ परेका हुन। 

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले ७८ लाख नेपालीसहित एक जनालाई पक्राउ गरेको हो। उनी भारतीय नागरिक रहेका सीमा सुरक्षा बलले बताएको छ।

विशेष सूचनाको आधारमा सीमा चौकी वनबसाको टिमले अन्तरराष्ट्रिय चेक पोष्टमा चेक जाचको क्रममा भारतबाट नेपाल आउदै गरेको एक जनालाई सँकाको आधारमा उनले चलाएको मारुति अर्टिगा यूकेओ ३ टी ए २०२१ लाई खान तलासी गर्दा रकम फेला पारेको हो। 

भारतको चम्पावत जिल्ला वनबसा मिना बवार बस्ने रजा अन्सारीका छोरा वर्ष ३२ वर्षीय सलमान अन्सारीलाई नियन्त्रणमा लिएको एसएसबीले बताएको छ।

एसएसबीले सोधपुछ गर्दा सलमान अन्सारीले नेपाली ७८ लाख रुपैयाँ कुनै व्यक्तिलाई दिन गईरहेको र कसलाई दिने र कुन प्रयोजनको लागि, कहाँबाट ल्याएको भन्ने अनुसन्धानमा नखुलेपछि एसएसबीले रकम जफत गरेको बताएको छ। भटनाका विषयमा थप अनुसन्धान जोरी रहेको छ।

clock सोमबार १९, साउन २०८२ ११:००

प्रतिक्रिया