कञ्चनपुरको बेलडाँडीमा श्रीमती मृत फेला, श्रीमान पक्राउ

  सोमबार १९, साउन २०८२ ०९:२६
मृतक सम्झना भट्ट ।

कञ्चनपुर । कञ्चनपुरमा एक युवती मृत फेला परेपछि प्रहरीले सोधपुछका लागि उहाँका श्रीमानलाई नियन्त्रणमा लिएको छ । आइतबार बेलडाँडी गाउँपालिका–२ सिहपाल टोलका सम्झना भट्ट झुन्डिएको अवस्थामा मृत फेला परेी थिईन् ।   

सम्झनालाई घरमा कुटपिट हुने गरेको र शरिरमा घाउ चोट समेत देखिएकाले उनका श्रीमान पवन भट्टलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

सम्झना घरभित्र झ्याल ढोकामा चुकुन लगाएर झुन्डिएको अवस्थामा मृत फेला पर्नुभएको प्रहरीले जनाएको छ । घरको ढोका फोडेर सम्झनाको शव बाहिर निकालिएको थियो । सम्झना र पवनबिच गत फागुन महिनामा प्रेम विवाह भएको थियो ।

पवनले छोरिलाई पटक–पटक मानसिक तनाव र शारीरिक यातना समेत दिँदै आएको सम्झनाका बुवा भोजराज भट्टले बताए । शनिबार इलाका प्रहरी कार्यालय बेलडाँडीमा घरायसी झगडाको उजुरीपछि प्रहरीले सम्झाई बुझाइ गरी घर फर्काएको थियो ।

सम्झनाका बुवा भट्टले छोरीमाथि पटक पटक मानसिक तनाव तथा शारिरीक यातना दिने गरेको बताए । छोरीको शङ्कास्पद मृत्यु भएकाले निष्पक्ष छानबिन गरी दोषीउपर उहाँले कारबाहीको माग गरे । एलबिए कक्षा १२ मा अध्ययनरत छोरी गुमाएपछि भट्ट परिवार शोकमा डुबेको छ । 

clock सोमबार १९, साउन २०८२ ०९:२६

प्रतिक्रिया