अछाममा खोलाले बगाउँदा पुरुषको मृत्यु
अछाम । खेतबाट घर फर्किन लाग्दा खोलाले बगाएर आइतबार बेलुकी एक पुरुषको मृत्यु भएको छ । कमलबजार नगरपालिका –३ बयाला निवासी ५० वर्षीय कर्ण कडायतको खोलाले बगाएर मृत्यु भएको वडा अध्यक्ष नन्दसिंह कुँवरले जानकारी दिए ।
मुली गाड (ठूलो खोला) ले बगाएर करिब पाँचसय मिटर तल खोलाको बिचमा मृत अवस्थामा भेटिएको अछाम प्रहरीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक टेकबहादुर देउवाले जानकारी दिए ।
घटनास्थलको मुचुल्का लगायत कानुनी प्रक्रियाका लागि प्रहरी घटनास्थलमा रहेको बताइएको छ । मृतकका छोरा भारतमा र श्रीमती नेपालगञ्जमा बस्दै आएको वडा अध्यक्ष कुँवरको भनाइ छ ।
प्रतिक्रिया