कैलालीको बर्दगोरियामा चक्कु प्रहार गरी युवतीको हत्या

  आइतबार १८, साउन २०८२ ०८:४५

धनगढी । कैलालीमा सेकुवा सेन्टरमा कार्यरत एक युवतीको चक्कु प्रहार गरेर हत्या गरिएको छ। कैलालीको बर्दगोरिया गाउँपालिका–१ मा रहेको राजधानी सेकुवा एन्ड मःमः सेन्टरमा कार्यरत बर्दगोरिया गाउँपालिका-३ कि १७ वर्षीया याचना सेजवालको चक्कु प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले शनिबार बिहान करिब १० बजेतिर सेजवालमाथि सोही सेकुवा एन्ड मःमः सेन्टरमा काम गर्ने बर्दगोरिया–१ का ३३ वर्षीय नृप साउदले चक्कु प्रहार गरेको बताए ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएकी सेजवाललाई उपचारका लागि धनगढीको निसर्ग हस्पिटल लगिएको थियो । उपचारका क्रममा उहाँको मृत्यु भएको हो ।चक्कु प्रहार गर्ने साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चक्कु प्रहार गर्नुको कारण भने खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

clock आइतबार १८, साउन २०८२ ०८:४५

प्रतिक्रिया