बैतडीमा करेन्ट लागेर एक किशोरको मृत्यु

  आइतबार १८, साउन २०८२ ०८:३५

बैतडी । बैतडीमा विद्युतको पोलबाट करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका– ३ गिरीबगरका १३ वर्षिय किरण कोलीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार शनिबार दिउँसो स्थानीय डिन्नीगाड खोलमा बालुवा संकलन गरिरहेका किरण नजिकै रहेको बिद्युतको पोलमा छोइदा गम्भीर घाइते भएका थिए।

घाइते किरणलाइ उपचारको लागी गोकुलेश्वर अस्पताल पु–याएपछि चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको पाण्डेयले बताए। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको उनले बताए।

clock आइतबार १८, साउन २०८२ ०८:३५

प्रतिक्रिया