कञ्चनपुरमा खैरो हेरोइनसहित धनगढीका २ युवक पक्राउ

  शुक्रबार १६, साउन २०८२ ११:३७

कञ्चनपुर । कञ्चनपुरमा खैरो हेरोइनसहित धनगढीका २ युवक पक्राउ परेका छन्।

कञ्चनपुरको लालझाडी गाउँपालिका–१ डाँडा बिचवा स्थित सुदूरपश्चिम प्रदेश ०१–०१३ प ३८९४ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा चालक कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने २९ वर्षीय गोबिन्द राना र मोटरसाइकल पछाडी सवार साही ठाउँ बस्ने २४ वर्षीय सन्जु कुमार राना खैरो हेरोइनसहित पक्राउ परेका हुन्।

उनीहरुको साथबाट ५ ग्राम ३४० मिलिग्राम लागू औषध खैरो हेरोइन फेला पारी उक्त पदार्थ, मोटरसाईकलसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुर र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट संयुक्त खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

clock शुक्रबार १६, साउन २०८२ ११:३७

प्रतिक्रिया