अछाममा पहिलो पटक महिला प्रशासकीय अधिकृतमा ताम्राकार

  बिहिबार १५, साउन २०८२ १६:०९

 

अछाम । अछामको स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा पहिलो पटक महिला जिम्मेवारी पाउनुभएको छ । सामान्य प्रशासन मन्त्रालयले जिल्लाको मेल्लेख गाउँपालिकामा सङ्गीता ताम्राकारलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिएको छ । 

ताम्राकार अछाम जिल्लामा पहिलो प्रशासकीय अधिकृत तोकिएसँगै पहिलो महिला बन्नुभएको छ । आर्थिक जिम्मेवारीसहित ताम्राकारलाई वरिष्ठतम कर्मचारीको आधारमा स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा ८४ को उपदफा ९४० अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी मन्त्रालयको दिएको हो । 

मन्त्रालयले अर्को व्यवस्था नभएसम्मको लागि  निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदान गरेको हो । प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसँगै पालिकाको विकास र समृद्धिमा सबै पक्षसँगको समन्वय र सहकार्यमा अघि बढ्ने ताम्राकारको प्रतिक्रिया छ । 

२०७६ सालमा स्थानीय सेवामा खुलातर्फ पहिलो प्रयासमै स्थायी जागिरमा ताम्राकार सफल हुनुभयो । प्रशासनतर्फको स्थायी भएपछि पहिलो पटक दार्चुलाको मार्मा गाउँपालिकाबाट सरुवा भएर २०७९ बाट मेल्लेखमा सेवा गर्दै आउनुभएको छ । बान्नीगढी जयगढ गाउँपालिकाको जयगढमा रहेको सरस्वती माविबाट एसएलसी उत्तीर्ण गरेर कैलाली बहुमुखी क्याम्पसबाट स्नातकोत्तर तहसम्म अध्ययन गर्नुभएको छ ।

१२ कक्षामा व्यवस्थापनपछि स्नातकोत्तर तहमा शिक्षाशास्त्र संकाय अध्ययन गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा महिला प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाउनेमा ताम्राकार सम्भतः पहिलो महिला हुनुहुन्छ । यसअघि मन्त्रालयबाटै प्रमुख प्रशासकीय अधिकृतमा महिलालाई हालसम्म नतोकिएको केहीको दाबी छ ।

clock बिहिबार १५, साउन २०८२ १६:०९

प्रतिक्रिया