कञ्चनपुरको गड्डाचौकीबाट दस लाख बराबरको अवैध सामान बरामद

  बुधबार १४, साउन २०८२ १९:५३


कञ्चनपुर । सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीको टोलीले करिब दश लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी नायव उपरीक्षक जनक राज उपाध्यायको कमाण्डमा खटिएको सात जना सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीले भिमदत्त नगरपालिका–४ भासी हाईबे र वडा नं. १० भन्सार रोड क्षेत्रमा भारतबाट भन्सार छलेर ल्याइएका सामानहरू बेवारिसे अवस्थामा फेला पारेको हो।

बरामद गरिएका सामग्रीहरूमा लेडिज सुट/कुर्ति, किराना सामग्री र इलेक्ट्रोनिक सामानहरू रहेका छन्। उक्त सामग्रीको भन्सार मूल्य करिब रु. १०,००,०००।– रहेको अनुमान गरिएको छ।

बरामद भएका सबै सामानहरू आवश्यक कारवाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा दाखिला गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी र गस्ती कार्य थप कडा बनाएको जनाएको छ।

clock बुधबार १४, साउन २०८२ १९:५३

प्रतिक्रिया