धनगढीमा मोहना नदीको किनारमा बालकको शव भेटियो

  बुधबार १४, साउन २०८२ १२:२७

धनगढी । धनगढीको मोहना नदीमा एक बालकको शव फेला परेको छ । प्रादेशिक आर्युवेद चिकित्सालय नजिकै मोहना नदी किनारमा मंगलबार वेवारिसे अवस्थामा बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले अन्दाजी ८र९ वर्षीय बालकको शव फेला परेको बताए । उनकाअनुसार शवको केही भाग सडेको अवस्थामा रहेको छ । 

शवको महिचान हुन भने बाँकी छ । अहिले शवलाई सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

clock बुधबार १४, साउन २०८२ १२:२७

प्रतिक्रिया